कति घातक हुन सक्छ ‘हावाबाट सर्ने’ कोरोनाभाइरस ?

रातोपाटी

काठमाडौँ

कोरोनाभाइरसका संक्रमणबारे लामो समयदेखि गरिँदै आएको ‘डरलाग्दो’ अनुमान आखिर सत्य साबित भएको छ । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस ‘हावाबाट पनि सर्न सक्ने’ बढ्दो प्रमाणहरुलाई अन्ततः स्वीकारेको छ । संसारमा कोरोनाभाइरसको महामारी पहिलोपटक पत्ता लागेको  सातमहिनाभन्दा बढी भएको छ ।  अझै पनि यस भाइरस, यसको संक्रमण फैलिने तरिका जान्न तथा यसले लगाउने श्वासप्रश्वाससम्बन्धी रोग कोभिड–१९ लाई कसरी नियन्त्रण गर्नेभन्नेबारेमा सही ढंगले थाहा पाउन निरन्तर कोशिश गरिरहेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार, कोरोनाभाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमितबाट निस्काशित ‘थुकको छिटाहरु’ बाट सर्ने गर्छ । यो भनेको संक्रमितसँगको प्रत्यक्ष सम्पर्क, संक्रमित भएका सतहहरुको अप्रत्यक्ष सम्पर्क, संक्रमितले खोक्दा वा हाँच्छिउ गर्दा निस्कने थुक–र्यालका छिटाहरु तथा र्याल–सिंगानबाट यो सर्ने गर्छ । अहिले आएर यो भाइरसको संक्रमण हावाको माध्यमबाट पनि सर्ने सम्भावना देखिएको छ । यसले सिर्जना गर्ने प्रभाव र असरबारे अहिले वैज्ञानिक जगत्मा बहस सिर्जना भएको छ ।

प्रकाशित मिति: : 2020-07-10 13:17:03

प्रतिकृया दिनुहोस्