हत्कडीसहित प्रहरी थुनाबाट भागेका युवक पक्राउ

हत्कडीसहित प्रहरी थुनाबाट भागेका एक युवक पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय फल्टुडेबाट हत्कडीसहित भागेका चुरे गाउँपालिका ६ भावरका २३ वर्षीय गणेशबहादुर ऐरलाई प्रहरीले शुक्रबार बिहान आसिडारी भन्ने ठाउँबाट पक्राउ गरेको हो।

उनी आफ्नै हजुरआमाको हत्या आरोपमा बुधबार राति पक्राउ परेका थिए।पक्राउपश्चात उनलाई इलाका प्रहरी कार्यालय फल्टुडेमा राखिएको थियो।

त्यहाँबाट खाना खाने समयमा भागेका थिए।
 

प्रकाशित मिति: : 2020-07-10 13:20:14

प्रतिकृया दिनुहोस्