डिशहोमको फन्ड ट्रान्सफरमार्फत बार्षिक रिचार्ज गर्दा हरेक हप्ता नगद दुई लाख जित्ने मौका

डिशहोमले सञ्चालन गरेकोे डिलर दाइको डिस्काउन्ट अफरको व्यापक सफलता र ग्राहकहरुको अत्याधिक मागलाई ध्यानमा राखि यो अफरलाई निरन्तरता दिइने भएको छ। 

२०७६ फागुन २ गतेदेखि सुरु भएको डिलर दाइको डिस्काउन्ट अफर ४४ हप्ताको लागि संचालन हुने भनिएको भए पनि ग्राहकहरुको अत्याधिक मागका कारण यो अफर जारी रहने भएको हो। 

डिशहोमको देशभर रहेको बिक्रेता वा नजिकैको डिलर मार्फत फन्ड ट्रान्सफर वाट बार्षिक रिचार्ज गर्दा Weekly Lucky Draw  मा सहभागी हुन पाइनेछ। हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको  Showcase channel No 100, showcase 2 channel No.101 र रमाईलो टिभीमा  Live Lucky Draw  मार्फत २ जना भाग्यशाली विजेता छनाेट हुनेछन्।

यो योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति रु १,००,००० (एक लाख) नगद प्राप्त गर्नु हुनेछ।

फन्डट्रान्सफर बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ। 

ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अव अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो Weekly lucky Draw मा सहभागी गराइने भएको छ। 

प्रकाशित मिति: : 2020-07-10 16:01:47

प्रतिकृया दिनुहोस्