कोरोनाको नाममा फ्रान्समा पनि भ्रष्टाचार 

फ्रान्समा कोरोना महामारीको फाइदा उठाउँदै सरकारी रकममा भ्रष्टाचार भएको खबर बाहिरिएको छ।

महामारीका कारण बेरोजगार भएका जनताका लागि सरकारले लागु गरेको योजनामा भ्रष्टाचार भएको स्थानीय समाचार प्रकाशित भएको छ।

सरकारले रेस्टुरान्ट, स्कुल तथा व्यापार क्षेत्रमा काम गर्ने कर्मचारीका लागि एउटा योजना अनुरुप राहत प्याकेज सार्वजनिक गरेको थियो। बेरोजगार कर्मचारीलाई राहत दिन ल्याइएको यो योजनालाई गलत ढंगले उपयोग गर्दै केही अपराधिक प्रबृत्तिका व्यक्तिहरूले लाभ उठाएको बताइएको छ।

पेरिसको ‘प्रोसिक्युटर’ अफिसले राहत प्याकेज अन्तर्गत दुई मिलियन यूरो निस्कासन गरिएको तर त्यो रकम बेरोजगार समूहसम्म नपुगेको बताएको छ।

फ्रान्समा कोरोनाका कारण ३० हजारभन्दा बढीले ज्यान गुमाएका थिए। स्वास्थ्य मन्त्रालयका अनुसार अहिले विस्तारै संक्रमण नियन्त्रणमा आउँदैछ।

प्रकाशित मिति: : 2020-07-12 08:52:04

प्रतिकृया दिनुहोस्