अमिताभ बच्चनका लागि मुस्कानकाे कामना–‘अल्लाहसँग प्रार्थना गर्छु, तपाईँलाई छिटो निको होस्’

एसिड आक्रमणमा परेकी बालिका मुस्कान खातुनले कोराना भाइरस संक्रमित भारतीय अभिनेता अमिताभ बच्चनलाई चाँडै निको होस् भन्ने कामना गरेकी छन्।

समाजिक अभियन्ता उज्जल विक्रम थापाको ट्वीटर ह्याण्डलबाट उनले एउटा भिडियो सन्देश दिँदै अमिताभको स्वास्थ्य लाभको लागि आफूले अल्लाहसँग दुआ मागेकाे बताएकी छन्।

उनले भिडियोमा आफूलाई एसिड आक्रमण हुँदा अमिताभ बच्च्नले पठाएको भिडियो सन्देशले अति नै हौसला मिलेको पनि जानकारी गराएकी छिन्।

याे भिडियोमा खातुनले हिन्दी भाषामा बाेलेकी छन्। वीरगन्जकी मुस्कानलाई माथि एसिड आक्रमण भएर अस्पताल उपचारकाे क्रममा अस्पताल भर्ना हुँदा बलिउडका वरिष्ठ अभिनेता अमिताभ बच्चनले स्वास्थ्य लाभकाे कामना गरेका थिए।

Our prayers and a special message from Muskan Khatun pic.twitter.com/FFUqi6EC9x

— Ujjwal Bikram Thapa (@UjjwalBikram) July 12, 2020
प्रकाशित मिति: : 2020-07-13 09:16:42

प्रतिकृया दिनुहोस्