बलिउडमा ठूलो पर्दाबाट टेलिभिजन कलाकारमा सर्दै कारोना संक्रमण

एजेन्सी

मुम्बई

बलिउडमा ठूलो पर्दाका कलाकारपछि टेलिभिजनमा काम गर्ने कलाकारमा पनि कोरोना संक्रमणको लक्ष्ण देखिन सुरु भएको छ। चर्चित टेली शृंखला ‘कसौटी जिन्दगी’ कि पार्थ समथानलाई कोरोना संक्रमण भएको केही दिनभित्रै ‘इश्कबाज’ अभिनेत्री श्रेनु पारिखमा पनि संक्रमण देखिएको छ। 

उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी सोशल मिडियामार्फत दिइन। उनले भनिन्, ‘अहिले म अस्पतालमा छु।’

श्रेनुले हालै आफ्नो इन्स्टामा संक्रमणको जानकारी दिएकी थिइन। भनिन्, ‘म डरले केही दिनदेखि भिन्न बसिरहेको थिए। तर, यसको चपेटामा परे। मलाई कोभिड सकारात्मक देखिएको छ। अहिले अस्पतालमा स्वास्थ्य लाभ गराइरहेको छु। मलाई र मेरो परिवारलाई आर्शिवाद दिनुहोला।’

भारतमा कोरोनाको प्रभाव बढेपछि श्रेनुले कुनै काम गरेकी छैनन्। पछिल्लो पल्ट उनी ‘भ्रम सर्वगुण’ मा नकरात्मक अभिनयमा देखा परेकी थिइन्।

यसअघि उनले ‘इस प्यारको क्या नाम दु’, ‘दिल बोले ओबेरोय’, ‘इश्कबाज’ र ‘ब्याह हमारी बहुका’ जस्ता टेलि शृंखलामा देखा परेकी थिइन। जसमा उनको कामको निकै प्रसंसा भएको थियो। 

यस्तै, २४ जुनदेखि सुरु भएको लोकप्रिय शृंखला ‘कसौटी जिन्दगी’ को सुटिङको पहिलो दिन नै पार्थलाई कोरोना पोजिटिभ भएको थियो।
हालसम्म ४ वटा टेलिभिजन शृंखलाका कलाकार संक्रमित देखिएका छन्।

प्रकाशित मिति: : 2020-07-15 13:33:23

प्रतिकृया दिनुहोस्