बालुवाटारमा ओली, दाहाल र नेपालबीच छलफल सुरु

पार्टीभित्रको विवाद सुल्झाउन नेकपाका तीन शीर्ष नेता आन्तरिक संवादमा जुटेका छन् । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच अहिले प्रधानमन्त्री निवास वालुवाटारमा छलफल चलिरहेको छ।

दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार मंगलबार र बुधबार दुई अध्यक्ष ओली र दाहालबीच भएको छलफलमा विवाद समाधानमा ठोस सहमति नभएपछि बिहीबार नेपालसहितको त्रिपक्षीय संवाद सुरु भएको हो।

एजेन्डा र प्रधानमन्त्रीको राजीनामाको विषयमा नेकपामा अहिले दाहाल र नेपाल एउटै समूहमा छन्। १० असारबाट जारी स्थायी कमिटी बैठकमा दाहाल र नेपालले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग राखेका छन् भने प्रधानमन्त्री ओलीले कुनै पनि पद नछाड्ने अडान दोहोराइरहेका छन् । बुधबार दाहालसँगको छलफलमा पनि प्रधानमन्त्री ओलीको यही अडान थियो । बरु उनले चाँडो महाधिवेशन गरेर पार्टीको नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई पदबाट राजिनामा मागेपछि नेकपाभित्रको अन्तरद्धन्द्ध ह्वात्तै बढेर गएको हो । 

ओली विरुद्ध अर्का अध्यक्ष दाहालसहित, नेता नेपाल, अर्का नेता झलनाथ खनालसहितको टोली सक्रिय भएपछि नेकपाको स्थायी समिति बैठकसमेत पटक पटक स्थगित हुन पुगेको छ । 

समस्या समाधानका लागि दुई अध्यक्ष बीच पटक पटक छलफल भए पनि निकास निस्कन सकेको छैन् । 

पछिल्लो पटक दुई अध्यक्षबीच सहमति गर्न भन्दै साउन २ सम्मका लागि बैठक स्थगित भएको छ।

यो पनि

नेकपा संकटको मूल कारण ओली–प्रचण्डबीचको यस्तो अविश्वास, पार्टी फुटाउने हल्लाले प्रचण्डलाई ‘ब्याक फायर’

प्रकाशित मिति: : 2020-07-16 12:10:25

प्रतिकृया दिनुहोस्