जर्मनी‍लाई विश्वकप दिलाएका आन्द्रे सुर्लेले लिए सन्यास

एजेन्सी

काठमाडाैं

जर्मनीका विश्वकप विजेता फरवार्ड आन्द्रे सुर्लेले फुटबलबाट सन्यास घोषणा गरेका छन्।

 २९ वर्षे सुर्लेले शुक्रबार फुटबलबाट सन्यास घोषणा गरेका हुन्। 

सुर्लेले बुधबार मात्र जर्मन क्लब बोरुसिया डर्टमण्डसँगको सम्झौता अन्त्य गरेका थिए।

क्लबसँगको सम्झौता एक वर्ष बाँकी रहदै उनले क्लब छाडेका थिए।

जर्मनीले सन् २०१४ मा विश्वकपको उपाधि जित्दा आन्द्रे टिमका महत्वपूर्ण सदस्य रहेका थिए।

जर्मनीका लागि उनले ५७ खेलमा २२ गोल गरेका छन्।

‘तपाईको व्यवसायमा बाँच्नका लागि जहिले पनि केहि भूमिका खेल्नु पर्छ, अन्यथा तपाईको काम हराउनेछ र तपाईले नयाँ पाउनु हुने छैन। समय बित्दै जाँदा निर्णयहरु परिपक्व हुँदै गए। गहिराई अझ गहिरो भयो र हाइलाइटहरू कमकम भए,’ उनले आफ्नो निर्णयको बारेमा भने।

सन् २०१६ मा डर्टमण्ड आएका आन्द्रेले गत सिजन मस्कोबाट लोनमा खेलेका थिए।

वुल्फवर्गबाट डर्टमण्ड आएका उनले क्लबका लागि ५१ खेलमा ८ गोल गरेका थिए।

उनले इंग्लिस क्लब चेल्सीबाट दुई सिजन खेलेका थिए।
 

प्रकाशित मिति: : 2020-07-18 05:44:45

प्रतिकृया दिनुहोस्