मड्रिडका युवा स्टार म्यानचेस्टर युनाइटेडमा अनुबन्धित

एजेन्सी

काठमाडाैं

स्पेनिस क्लब रियल मड्रिडका युवा स्टार अल्भरो फर्नान्डेज इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्ध भएका छन्।

१७ वर्षीय लेफ्टब्याक फर्नान्डेजलाई युनाइटेडले चार वर्षको लागि अनुबन्ध गरेको हाे।

 फर्नान्डेजको सम्झौता ३० जुनमा सकिएपनि रियलले उनको सम्झौता सिजनको अन्त्यसम्म थप गरेको थियो।

डिपोर्टिभो ला कोरुनामा २०१७ मा फर्नान्डेजलाई अनुबन्ध गर्दा रियलले बार्सिलोनालाई पछि पारेको थियो। फर्नान्डेजले तीन सिजन रियलको युथ टिममा आफ्नो खेल कला निखारेका छन्।

 फर्नान्डेजले रियलको आकर्षक प्रस्ताव अस्वीकार गर्दै युनाइटेड जाने निर्णय गरेका हुन्। 

अल्भरो फर्नान्डेजले युनाइटेडको पहिलो रोजाईमा पर्न लुक सा र युनाइटेडको एकेडेमीका ब्रान्डन विलियम्ससँग प्रतिस्पर्धा गर्नुपर्नेछ। 

प्रतिभावान रहेकाले प्रशिक्षक ओले गनर सोल्सायरले फर्नान्डेजलाई पहिलो टोलीमै मौका दिन सक्नेछन्।

प्रकाशित मिति: : 2020-07-18 06:40:29

प्रतिकृया दिनुहोस्