६४ वर्षे इतिहासमा पहिलोपटक बालोन डी’ओर कसैलाई नदिइने

एजेन्सी

काठमाडाैं

विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालोन डी’ओर यस वर्ष प्रदान नगरिने भएको छ। अवार्डको ६४ वर्षे इतिहासमा पहिलोपटक कुनैपनि खेलाडीलाई अवार्ड प्रदान गरिने छैन।

वर्षको सर्वोत्कृष्ट फुटबलरलाई बालोन डी’ओर र फिफा वर्ष खेलाडी अवार्ड प्रदान गरिन्छ। सन् १९५६ पछि पहिलो पटक २०२० मा बालोन डी’ओर प्रदान नगरिने भएको हो। 

फ्रान्सको न्युज म्यागजिन फ्रान्स फुटबलले कोरोना भाइरसको महामारीका कारण खेलाडीको मुल्यांकन गर्ने पर्याप्त आधार नरहेको भन्दै यस वर्षको अवार्ड स्थगित गरिएको जनाएको हाे। 

सन् २००९ पछि फिफा वर्ष खेलाडीकै रुपमा बालोन डी’ओर प्रदान गरिएको भएपनि सन् २०१५ पछि फेरी छुट्टाछुट्टै वितरण गर्न थालिएको थियो।

गत वर्ष बार्सिलोनाका कप्तान तथा अर्जेन्टिनी सुपस्टार लिओनल मेसीले बालोन डी’ओर जितेका थिए। मेसीले सर्वाधिक फिफा बेबालोन डी’ओर ४ पटक र बालोन डी’ओर २ पटक जितेका छन्। 

यसैगरि पाेर्चुगिच सुपरस्टार क्रिस्टियानो रोनाल्डोले फिफा बालोन डी’ओर २ पटक र बालोन डी’ओर ३ पटक हात पारेका छन्। 

सन् १९५६ यता बेलोन डीअर प्रदान गरिँदै आएको छ।
 

प्रकाशित मिति: : 2020-07-20 19:24:34

प्रतिकृया दिनुहोस्