चीनमा पुनः देखिए ११ नयाँ संक्रमित

एजेन्सी

बेइजिङ

चीनमा पछिल्लो २४ घण्टामा ११ नयाँ संक्रमित भेटिएका छन्। गत डिसेम्बरमा चीनको उहानबाट सुरु भएको कोरोना भाइरसले अहिले विश्वमा महामारीको रूप लिइसकेको छ।

चीनले यसलाई रोक्न कडाईका साथ ‘लकडाउन’ को नियम लागु गरेपनि केही संक्रमित अझै देखिएका छन्। 

चीनले करिब दुई महिनाअघि नै कोरोना नियन्त्रणमा आएको घोषणा गर्दै बजार खुला गर्ने नीति बनाएको थियो। चीनको स्वास्थ्य विभागका अनुसार सोमबार भेटिएका ११ संक्रमितमध्ये ८ जना सिजियाङ प्रान्तका बासिन्दा हुन्। अन्य तीन वटा संक्रमित विदेशबाट चीन फर्किएका नागरिक हुन्। चीनमा हालसम्म ८३ हजार ६ सय ९३ संक्रमित देखिएका थिए।

प्रकाशित मिति: : 2020-07-22 07:40:28

प्रतिकृया दिनुहोस्