उनी अस्पतालमा मान्छे बचाउँछन्, बस्तीमा सर्प

डाक्टर अमोद घिमिरे।

डाक्टर अमोद घिमिरेलाई अस्पतालको काममा भ्याइनभ्याइ हुन्छ। कालीगण्डकी अस्पताल, कावासोतीमा काम गरिरहेका उनको धेरैजसो समय बिरामीको जाँचमै बित्छ। तर यी डाक्टरको व्यस्तता अस्पतालमा सीमित छैन।

अस्पतालको ड्युटी सकिएपछि उनी जंगलतिर चहार्छन्। अस्पतालमा मान्छेको ज्यान बचाउने उनी जंगल भने सर्प बचाउन पुग्छन्।

पेसागत रूपमा चिकित्सक अमोद १५ वर्षदेखि सर्प उद्धार गरिरहेका छन्। कावासोतीका बस्तीबाट उद्धार गरिएका सर्प जंगलसम्म छाड्न आफैं जान्छन्।

'यो मेरो जीवनको सार्थक पाटो हो,' अस्पतालको धपेडीपछि घर पनि नगई सिधै सर्प बचाउन पुग्ने अमोदले भने।

प्रकाशित मिति: : 2020-07-23 00:16:50

प्रतिकृया दिनुहोस्