छाडा शृंखला बनाएको भन्दै एकता कपुरविरूद्ध अमृतसरको अदालतमा मुद्दा

एजेन्सी

मुम्बई,

भारतमा टिभी शृंखला बनाएर चर्चित बनेकी निर्माता एकता कपुर र उनको कम्पनी बालाजी प्रोडक्सनविरूद्ध मुद्दा परेको छ। बुधबार अमृतसरको एक अदालतमा पञ्जावी गायक सिंह बलजीतले एकता र उनको कम्पनीविरूद्ध मुद्धा दर्ता गरेका हुन्। 

गायक बलजीतका अनुसार एकताले एउटा वेभ शृंखलामा भारतीय सेनालाई गिज्याएकी छिन्। अदालतले यो मुद्धाको सुरुवात कहिलेदेखि गर्छ यसको कुनै जानकारी दिएको छैन। वकिल प्रकाश दीप कौरले गायक बलजीतले एकता कपुर, उनका बुवा जितेन्द्र तथा महासभा कपुरविरूद्ध मजीठा रोडस्थित प्रहरी चौकीमा पनि निवेदन दर्ता गरेको बताएका छन्। 

प्रहरीमा दर्ता गरिएको उजुरीमा भनिएको छ, बालाजीको अर्थ हनुमान हुन्छ। यो ब्यानरमा भारतीय सेनामाथि छाडा वेभ शृंखला बनाउन लज्जाको विषय हो। देशको कुनै पनि नागरिकले यसलाई सहन गर्दैनन्। 

उनले आर्मीका केही अधिकारीसँग कुराकानी गरेपछि यो मुद्धा दर्ता गरेको वकिल प्रकाशले बताए। अमृतसरमा मुद्धा दर्ता भएपछि एकतालाई ठूलो समस्या पर्ने देखिन्छ। बलजीतले शृंखला बन्द गर्न पनि माग गरेका छन्। साथै हिन्दु संगठनसँग पनि एकता कपुरविरूद्ध आन्दोलन गर्न आब्हान गरेका छन्।

प्रकाशित मिति: : 2020-07-23 08:50:53

प्रतिकृया दिनुहोस्