सुशान्त सिंह राजपूत केशमा कंगनासँग सोधपुछ गर्दै प्रहरी

एजेन्सी

मुम्बई

भारतीय अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको विषयमा अभिनेत्री कंगना रनावतसँग सोधपुछ गरिने भएको छ ।

प्रहरीले यसअघि आदित्य चोपडा, सञ्जय लीला भन्साली, मुकेश छाबडासहित ३५ जनाभन्दा धेरैसँग सोधपुछ गरिसकेको छ ।

यतिबेला कंगना मुम्बईबाहिर छिन् । उनले हिमाञ्चलस्थित आफ्नै घरमा समय बिताइरहेकी छिन् । प्रहरीले सुशान्तको विषयमा कंगनालाई पनि सोधपुछ गर्नसक्ने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

कंगनाले सुशान्तको आत्महत्यापछि बलिउडमा हुने असमानताविरुद्ध आवाज उठाइरहेकी छिन् । उनले नेपोटिज्मका कारण सुशान्तले आत्महत्या गरेको बताएकी थिइन् ।

प्रहरीले सुशान्तले आत्महत्या गर्नुको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ ।

मुम्बईस्थित बान्द्रा प्रहरी इन्भेस्टिकेसन टिमले पछिल्लो महिना कंगनालाई एक नोटिस पठाएको थियो । त्यसपछि उनले आफ्ना एक सदस्यलाई मुम्बई पठाएकी थिइन् ।

कंगनाले सुशान्तको योजनाअनुरुप हत्या भएको बताएकी थिइन् । उनले एक अन्तर्वार्तामा भनेकी थिइन् – सुशान्तविरुद्ध जाल रचिएको थियो, जसले गर्दा सुशान्तको करिअर ध्वस्त बनोस् ।

प्रकाशित मिति: : 2020-07-23 10:06:28

प्रतिकृया दिनुहोस्