रियाशा भन्छिन्ः गल्ती भए माफी माग्छु तर अपशब्द नभनिदिनू

तीन वर्षअघि 'हिमालयन रोडिज' कार्यक्रम सुरू भयो। यसको केही समयमै युट्युबमा यस्तै अर्को कार्यक्रम आयो- रोडिज प्यारोडी। 

'कलेज नेपाल'द्वारा सार्वजनिक रोडिज प्यारोडीको पहिलो भिडिओ युट्युब ट्रेन्डिङमा पर्‍यो। यसमा निर्णायक र सहभागी बनेका कलाकारको अभिनय धेरैले मनपराए। योसँगै रियाशा दाहालको कलाकारिता क्षेत्रले पनि फड्को मार्‍यो।

अहिले उनी युट्युब स्टार, कलाकार तथा मोडलका रूपमा चिनिन्छन्। 

'रोडिज प्यारोडी हामीले हचुवा भरमा रमाइलोका लागि गरेका थियौं। तर युट्युब ट्रेन्डिङमा पो आयो,' रियाशा त्यति बेलाको क्षण सम्झिँदै भन्छिन्, 'मिहिनेत गरेपछि हुने रहेछ भन्ने सोचेर अझै मन लगाएर काम गर्न थाल्यौं।'

प्यारोडी–कमेडीबाट कला क्षेत्रमा होमिएकी रियाशा अभिनयमा आश लाग्दो प्रतिभा बन्दै छिन्। उनका 'फ्यान-फलोइङ' दायरा बढ्दो छ। टिकटकमा मात्रै उनलाई साढे ४ लाखले फलो गरेका छन्। इन्स्टाग्राममा एक लाखले पछ्याएका छन्। विशेषगरी युवा वर्गमा उनको प्रभाव राम्रो फिँजिएको छ। 

प्रकाशित मिति: : 2020-07-23 10:34:25

प्रतिकृया दिनुहोस्