‘केपी शर्मा ओलीको ठाउँमा नेकपाभित्रबाटै अर्को प्रधानमन्त्री चयन गरौं’
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाउन माग गरेका छन्। भट्टराईले शुक्रबार बिहान ट्वीट गर्दै प्रधानन्यायाधीशले अपराधको संरक्षण गरेको भन्दै उनलाई महाभियोग लगाएर हटाउनुपर्ने बताएका हुन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले जन्मकैदको सजाय पाएका रञ्जन कोइरालालाई दिएको सहुलियतमाथि सर्वत्र विरोध भइरहेको छ। खारेज भइसकेको कानुन प्रयोग गरेर हालको कानुनी व्यवस्थाको मनोमानी व्याख्या गरेको भन्दै न्यायाधीशद्वयकै ‘कार्यक्षमता’ माथि भट्टराईले प्रश्न उठाएका छन्।
देश गम्भीर संकटतिर जाँदैछ।लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यसो गरौं:१.संसद अधिवेशन बोलाऊँ;२.KPOलाई विदा गरेर नेकपाभित्रैबाट नयाँPMचयन गरौं;३.अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ;४.भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठनगरौं;५.प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ!
— Baburam Bhattarai (@brb1954) July 24, 2020
त्यस्तै नेता भट्टराईले देश संकटतिर जाँदै गरेको उल्लेख गर्दै समाधानका लागि ५ वटा उपायसमेत सुझाएका छन् । उनले तत्काल संसद् अधिवेशन बोलाउनदेखि केपी शर्मा ओलीको ठाउँमा नेकपाभित्रैबाट अर्को प्रधानमन्त्री चयन गर्नसमेत उनले माग गरेका छन्।
त्यस्तै प्रधानन्यायाधीशमाथि महाभियोग लगाउन र भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गर्न पनि भट्टराईले माग गरेका छन् । उनले अहिलेको निर्वाचन प्रणालीमा परिवर्तन गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जान उपयुक्त हुने सुझाएका छन्।