अन्तिम खेलमा सिटीकाे शानदार जित

एजेन्सी

काठमाडाैं

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ।

 सिटीले आइतबार राति भएको खेलमा रेलिगेसनमा परेको नर्विच सिटीलाई ५-० गोल अन्तरले पराजित गरेको हो।

सिटकाे जितमा केभिन डी ब्रुएनले दुई गोल गरे। यस्तै ग्राबियल जिसस, रियाद महरेज र रहिम स्ट्रर्लिङले एक/एक गोल गरे।

खेलको ११ औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। ४५ औं मिनेटमा ब्रुएनले,७९ औं मिनेटमा स्ट्रर्लिङले, ८३ औं मिनेटमा महरेजले गोल गर्दै सिटीको अग्रता ४-० को बनाए।

त्यसपछि खेलको इन्जुरी समयमा ब्रुएनले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ५-० को फराकिलो जित दिलाए।

जितसँगै सिटीले दोस्रो स्थानमा रहदै याे सिजन सकाएको छ।

सिटीले यस सिजन ३८ खेलमा ८१ अंक जोड्यो।

नर्विच भने २१ अंक सहित पुछारमा रह्यो। 

प्रकाशित मिति: : 2020-07-27 05:26:16

प्रतिकृया दिनुहोस्