आइसीसी पुरुष क्रिकेट विश्वकप सुपर लिग जुलाई ३० देखि

एजेन्सी

काठमाडाैं

आइसीसी पुरुष क्रिकेट विश्वकप सुपर लिग जुलाई ३० देखि सुरु हुने भएकाे छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले आधिकारिक रुपमा जुलाई ३० देखि लिग साउथ ह्याम्पटनमा हुने जानकारी दिएकाे छ। 

लिगमा हरेक टिमले घरेलु मैदानमा चार र अवे मैदानमा चार खेल खेल्ने छन्।

लिगको सुरुवात विश्वविजेता इंग्ल्याण्ड र आइरल्याण्डबीचको एक दिवशीय शृङ्खलाबाट सुरु हुने आइसीसीले जनाएकाे छ।

लिगमा १३ टिमको सहभागिता रहने छ। त्यसमध्ये १२ टिम आइसीसीका पूर्ण सदस्य हुन् भने अर्काे टिम नेदरल्याण्डस हाे।

नेदरल्याण्डसले विश्व क्रिकेट सुपर लिग २०१५–१७ जितेर स्थान बनाएको थियाे।

याे लिगले सन् २०२३ मा भारतमा हुने आइसीसी पुरुष क्रिकेट विश्वकपका लागि छनाेट हुने टिमको टुंगो लगाउने छ ।

प्रकाशित मिति: : 2020-07-27 13:17:40

प्रतिकृया दिनुहोस्