जाभी ग्रासिया भ्यालेन्सियाकाे मुख्य प्रशिक्षकमा नियुक्त

एजेन्सी

काठमाडाैं

स्पेनिस क्लब भ्यालेन्सियाले जाभी ग्रासियालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

 सोमबार भ्यालेन्सियाले स्पेनिस प्रशिक्षक ग्रासियालाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ।

मालागा तथा वाट्फोर्डका पूर्वप्रशिक्षक समेत रहेका ग्रासियाले भ्यालेन्सियासँग सन् २०२२ सम्मका लागि दुई वर्षे सम्झौता गरेका छन्।

ग्रासियाले पछिल्लो पटक सन् २०१८/१९ को सिजन वाट्फोर्ड हेरेका थिए।

यस सिजन भ्यालेन्सिया ला लिगामा नवौं स्थानमा रहेको थियो।

प्रकाशित मिति: : 2020-07-28 06:46:02

प्रतिकृया दिनुहोस्