सीपीएल टी२० प्रतियाेगिताकाे खेल तालिका सार्वजनिक

एजेन्सी

काठमाडाैं

क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी२० क्रिकेट प्रतियाेगिताकाे खेल तालिका सार्वजनिक भएको छ।

आयाेजकले साेमबार खेल तालिका सार्वजनिक गरेकाे हाे। आठाैं संस्करणकाे सीपीएल अगस्ट १८ देखि ट्रिनिडाड एण्ड टाेबागाेमा हुँदैछ।

६ टिमले प्रतिस्पर्धा गर्ने लिगकाे फाइनल सेप्टम्बर १० मा हुनेछ।

यस सिजनको उद्घाटन खेलमा दुई पूर्व विजेता ट्रिनबागो नाइट राइडर्स र गुएना अमेजन वारिवर्स भिड्नेछन्। यस्तै साेही दिन साविक विजेता बार्बेडाेस ट्राइडेन्ट्सले र सेन्ट किट्स एण्ड नेभिस प्याट्रीओट्ससँग खेल्नेछ।

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले यससिजन जमैका तल्लावाजबाट खेल्ने छन्। जमैकाले सन्दीपलाई जमैकाले ९० हजार डलर ( नेपाली १ करोड ७ लाख ४६ हजार ) खर्चेर टिममा भित्र्याएको हो।

CPL 2020: Nepal's Sandeep Lamichhane to Represent Jamaica Tallawahs!

तर सन्दीप यसपटक सीपीएल खेल्न जाने वा नजाने निर्णय भइसकेकाे छैन। प्रतियोगिता सुरु हुनु अघि खेलाडीहरु १४ दिन क्वारेन्टाइनमा अनिवार्य बस्नु पर्ने हुँदा सन्दिप चाँडै प्रतियोगिता स्थल पुग्नु पर्नेछ। 

सरकारले गत बुधबार लकडाउन अन्त्य गरेता पनि अन्तर्राष्ट्रिय हवाई उडान भने आगामी भदौ १ गतेदेखि मात्र खोल्ने निर्णय गरेको छ। यसका लागि अहिलेसम्म उनको हवाई उडानको कुनै टुङ्गो लाग्न नसक्दा अन्योलता छाएको छ।

सन्दिपको टिममा आन्द्रे रसेल, कार्लोस ब्राथवेट, चाडविक विल्टन, आसिफ अलि, ओशेन थोमस, फिडेल एडवर्ड्स जस्ता खेलाडीहरु रहेका छन्।

सन्दिपले यसअघि सीपीएल टि-२० को दुइ वटा संस्करण सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स तथा बार्बेडोस ट्राइडेन्टबाट खेलेका थिए।

प्रकाशित मिति: : 2020-07-28 14:38:39

प्रतिकृया दिनुहोस्