फरवार्ड मरियानो डियाजलाई कोरोना, मड्रिडले सिटीसँगकाे खेल गुमाउने खतरा

एजेन्सी

काठमाडाैं

स्पेनिस क्लब रियल मड्रिडका स्ट्राइकर मरियानो डियाजलाई कोरोना भाइरसको संक्रमण भएको छ। 

ला लिगा सकिएपछि गरिएको परीक्षणमा च्याम्पियन मड्रिडका मारियानोलाई कोरोना देखिएको हो।

मड्रिडले मंगलबार वक्तव्य जारी गरेर मारियानोमा संक्रमण देखिएको बताएको छ।

मड्रिडले २६ वर्षे स्ट्राइकर मरियानोलाई कोरोना संक्रमण देखिएपनि उनी पूर्ण रुपमा स्वस्थ्य रहेको जनाएको छ।

उनी घरमै आइसोलेशनमा बसेका छन्।

जुलाई २९ मा लेगानेससँग भएको ला लिगा अन्तर्गतको सिजनको अन्तिम खेलमा थप खेलाडीका रुपमा राखिएका थिए, तर प्रयोग भएनन्।

कोरोना देखिएसँगै उनले च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीसँगको खेल गुमाउने छन्।

मड्रिडले आउँदो अगस्ट ७ मा च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगमा म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने छ।

तर मड्रिड र सिटीबीचको खेल समेत हुने नहुनेमा अन्योलता देखिएको छ।

प्रकाशित मिति: : 2020-07-29 06:12:35

प्रतिकृया दिनुहोस्