लिग च्याम्पियन युभेन्ट्स काग्लियारीसँग पराजित

एजेन्सी

काठमाडाैं

 लिग च्याम्पियन युभेन्ट्सले सिरि ए फुटबलको पछिल्लो खेलमा हार ब्यहोरेको छ।

बुधबार राति भएकाे खेलमा युभेन्ट्सले काग्लियारीसँग २–० को हार ब्यहोरेको हो।

घरेलु टोली काग्लियारीकाे जितमा लुका गागलियानो र जियोवन्नी सिमोनले एक/एक गाेल गरे।

खेलको आठौं मिनेटमा गागलियानोले घरेलु टोली काग्लियारीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफको अन्तिम मिनेटमा सिमोनले गाेल गर्दै अग्रता दोब्बर बनाएका थिए।

दोस्रो हाफमा थप गोल हुन नसकेपछि युभेन्ट्सले हारको नतिजा ब्यहोरेको हो।

शीर्ष स्थानको युभेन्ट्सको ८३ अंक छ। काग्यिारी ४५ अंक सहित १३ औं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-07-30 06:26:12

प्रतिकृया दिनुहोस्