अमेरिकाले जर्मनीबाट सैनिक फिर्ता लैजाँदै, ट्रम्प भन्छन्, ‘सहयोगको तह पूरा गर्न सकेनन्’

अमेरिकाले जर्मनीबाट आफ्ना झण्डै १२ हजार सैनिक फिर्ता लैजाने भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैनिक फिर्ता बोलाउने निर्णय गर्नुमा जर्मनीले नेटोका लागि खर्च गर्नुपर्ने सहयोगको तह पूरा गर्न नसक्नु कारक रहेको बताएका छन्।

उनले युरोपमा आफ्ना सैनिकको तैनाथीमा रणनीतिक परिवर्तन तथा तैनाथी परिवर्तनका लागि आफ्ना सैनिक फिर्ता गर्न लागिएको बताएका छन्।

जर्मनीबाट फिर्ता बोलाइने मध्ये झण्डै ६४ सय सैनिक अमेरिका फिर्ता हुने छन् भने बाँकी सैनिकलाई इटाली र बेल्जियमसहितका नेटोमा आबद्ध देशमा तैनाथ गरिने छ।

तर विपक्षीले कंग्रेसमा ट्रम्पको यो कदमकाे खुलेरै विरोध गरेका छन्। उनीहरुले जर्मनीबाट अमेरिकी सैनिक हटाउँदा रुसलाई प्रोत्साहन मिल्ने बताएका छन्।

तर ट्रम्पले भने आफ्नो निर्णयको बचाउ गरेका छन् बुधबार ह्वाइट हाउसमा पत्रकारसँग ट्रम्पले भने, ‘नेटो राष्ट्रहरु अमेरिकी सैनिकका भर पर्न हुँदैन। त्यही पनि अब उनीहरुको बिल हामी तिर्न सक्दैनौँ। हामीले सैनिक घटाउँदै छौँ।’

यता रक्षा मन्त्री मार्क एस्परले युरोपियन क्षेत्रमा अमेरिकी सैनिकको उपस्थितिलाई थप प्रभावकारी बनाउने बृहत योजना अनुसार सैनिकहरुको तैनाथीलाई व्यवस्थित लागिएको दाबी गरेका छन्।

प्रकाशित मिति: : 2020-07-30 08:59:28

प्रतिकृया दिनुहोस्