दूरसञ्चार क्षेत्रमा अधिक राजस्व लगाएको सञ्चार मन्त्री डा. खतिवडाको स्वीकारोक्ति

अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले दूरसञ्चार क्षेत्रमा राजस्व धेरै भएको स्विकार गरेका छन् ।

अर्थमन्त्री खतिवडाले आज आयोजित संसदको विकास तथा प्रविधि समितिमा नेपाल टेलिमको सेवाको बारेमा भएको छलफलमा दूरसञ्चार क्षेत्रमा करको दर हालको सन्दर्भमा धेरै भएको स्वीकारेका हुन् ।

उनले दूरसञ्चार क्षेत्रमा कर अधिक लिईएको भन्ने सांसदहरुको प्रश्नको जवाफ दिँदै कर अधिक भएको बताएका हुन् ।

‘दूरसञ्चार क्षेत्रमा अहिलेको सन्दर्भमा ट्याक्स बढि नै छ,’ अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री खतिवडाले भने ।

उनले विभिन्न किसिमले दूरसञ्चार क्षेत्रको विकास गरिरहेको स्पष्ट पारेका थिए ।

त्यसअघि सांसदहरुले हाल दूरसञ्चार सेवा लिईएको स्वामित्व शुल्कको बारेमा प्रश्न गर्दै किन अधिक कर लिईएको हो भन्ने स्पष्ट पार्न अनुरोध गरेका थिए । सांसदहरुले रिचार्जमा पनि थप कर लगाएको भन्ने बारेमा प्रश्न गरेका थिए ।

त्यसैगरि कार्यक्रममा  नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले समेत दूरसञ्चार क्षेत्रमा अधिक कर लगाउँदा समस्या आएको बताएका थिए । उनले दूरसञ्चारमा अधिक कर लगाएको र यो दिगो नहुनेहुँदा आगामी दिनमा आम्दानीको आधारमा कर लगाउनुपर्ने जिकिर गरेका थिए ।

‘अहिले ट्याक्स धेरै भएको छ । हामीले रेभेन्यू शेयरिङ्गमा ट्याक्स लगाउने प्रस्ताव नयाँ एनमा गरेका छौं,’ अध्यक्ष खनालले समितिको बैठकमा भने ।

प्रकाशित मिति: : 2020-07-31 17:32:18

प्रतिकृया दिनुहोस्