पीएसजीले तेस्रोपटक उचाल्याे फ्रेन्च लिगको उपाधि

एजेन्सी

काठमाडाैं

जर्मेन (पीएसजी) ले घरेलु प्रतिस्पर्धा फ्रेन्च लिग उपाधि जितेको छ।

शुक्रबार राति भएको खेलको फाइनलमा लियोनलाई पराजित गरेर पीएसजीले तेस्रोपटक उपाधि जितेको हाे।

योसँगै उसले यो सिजन घरेलु प्रतिस्पर्धामा प्रमुख तीन उपाधि जितेको छ। उसले पछिल्लो ६ वर्षमा चौथो सिजन लिग वान, फ्रेन्च कप तथा लिग कपको उपाधि जितेको हो।

फाइनल खेलमा पीएसजी र लियोनले निर्धारित समयमा ०–० को बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो। टाइब्रेकर जानुअघि खेलको अतिरिक्त समयमा लियोनले राम्रो खेल प्रर्दशन गरेको थियो। 

खेलको अन्तिम मिनेटमा लियोनका डिफेन्डर राफेल रातो कार्ड खादै मैदान बाहिरिएका थिए। उनले डिबक्सभित्र पीएसजीका विङ्गर एन्जल डी मारियलाई फल गरेका थिए। 

तर दुबैतर्फबाट गाेल भनएपछि खेल टाइब्रेकरमा गएकाे थियाे। सुरुका १० पेनाल्टीमा दुवै तर्फबाट गोल भयो।

त्यसपछि पीएजीका गोलकिपर किलर नाभासले बट्र्रेड ट्रेयरको प्रहार बचाएका थिए। पीएसजीका पाब्लो सरबियाले गोल गर्दै पीएसजीलाई फ्रेन्च लिग कपको उपाधि दिलाए।

कोरोना भाइरसको महामारीका कारण गएको अप्रिलमा लिग वान अन्त्य गरिएपछि फ्रान्समा भएको यो दोस्रो घरेलु खेल हो। खेल हेर्न करिब ५ हजार दर्शक उपस्थित थिए।

प्रकाशित मिति: : 2020-08-01 06:52:08

प्रतिकृया दिनुहोस्