अब शेरबहादुर देउवाबाट पार्टी नेतृत्व चल्दैन : प्रकाशमान सिंह [अन्तर्वार्ता]

नेपाल लाइभ

काठमाडौं

महाधिवेशनको सरगर्मी बढेसँगै कांग्रेसमा विवाद थप झांगिएको छ। सभापति शेरबहादुर देउवाले निर्णय गर्दै जाने अर्को पक्षले विरोध जनाउँदै जाने क्रम निरन्तर छ। विभाग गठनको निर्णयप्रति आपत्ति जनाएको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले क्रियाशील सदस्यता वितरणप्रति समेत असन्तुष्टि व्यक्त गरेको छ।

देउवाका निर्णयले सभापतिमा पुनः उनै दोहोरिने चिन्ता पौडेल पक्षमा छ। पौडेल पक्षमा भने सभापतिका लागि आकांक्षी आधा दर्जन छन्। सहमतिमा एकल उम्मेदवार दिने उक्त पक्षको भनाइ छ। आसन्न महाधिवेशनमा सभापतिका आकांक्षी रहेका नेता प्रकाशमान सिंहसँग नेपाल लाइभका लिलु डुम्रे र पुष्पा केसीले गरेको संवाद।

लकडाउनको समयमा नेपाली कांग्रेसमा कुनै विवाद नै नभएको जस्तो शान्त थियो। लकडाउन खुलेसँगै विवाद फेरि चर्किन लाग्यो नि?
कोभिड १९ कस्तो खालको भाइरस होला भनी सबै सतर्क पनि थिए। के हुन्छ भन्ने अनिश्चित थियो। लकडाउनका कारण पार्टीभित्रको गतिविधी पनि ठप्पै भयो।

अहिले गतिविधि बढेको छ। गतिविधि बढेसँगै नेपाली कांग्रेसमा चहलपहल बढेको जस्तो देखिएको छ। १४औं महाधिवेशन तोकिसकेका कारणले गतिविधि त स्वभाविक रुपमा बढ्ने नै भयो। फागुन ७ देखि १४औं महाधिवेशनको मिति तोकिएकाले सदस्यता नवीकरण/वितरणजस्ता कार्यका लागि समय त लागिहाल्छ नै। त्यसले गर्दा पनि गतिविधि बढ्ने नै भयो। कार्यतालिकाको परिमार्जन गरेर कार्यान्वयनमा आएपछि गतिविधि बढ्न थालेको छ।

प्रकाशित मिति: : 2020-08-01 23:33:57

प्रतिकृया दिनुहोस्