सिरी ए को अन्तिम खेलमा युभेन्टसको लज्जास्पद हार

एजेन्सी

काठमाडौं

इटालियन सिरी ए को यो सिजनको अन्तिम खेलमा युभेन्टसले लज्जास्पद हार बेहोरेको छ ।

गएराति सम्पन्न क्रिस्टियानो रोनाल्डो, पाउलो डिबाला लगायतका खेलाडीलाई आराम दिएको खेलमा युभेन्टस एएस रोमासँग ३-१ गोल अन्तरले परजित भएको हो ।

रोमाको जितमा डिएगो पेरोटीले दुई गोल गरे भने निकोला कालिनिकले एक गोल गरेका थिए । त्यस्तै युभेन्टसका लागि गोन्जालो हुगैनले एक गोल गरेका थिए ।

रोमाविरूद्धको खेलमा शुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा घरेलु मैदानमै युभेन्टस ३–१ को नमिठो हार बेहोर्न बाध्य भयो ।

योसँगै लिग जिते पनि युभेन्टसले अन्तिम खेलमा हारे बेहोर्दै यो सिजना सकाएको छ । ३८ खेलमा ८३ अंकसहित युभेन्टसले लिग सकाएको छ ।

त्यस्तै रोमाले भने ३८ खेलमा ७० अंक हासिल गर्दै पाँचौ स्थानमा यो सिजन सकाएको छ ।   

तीन खेल अगावै च्याम्पियन बनेको युनेन्टसले खेलपछि यो सिजनको ट्रफी उचालेको छ ।

प्रकाशित मिति: : 2020-08-02 08:45:31

प्रतिकृया दिनुहोस्