आन्दोलनको तयारीमा जुट्न कार्यकर्तालाई अध्यक्ष थापाकाे निर्देशन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले आन्दोलनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। 

पार्टी सम्वद्ध जनवर्गीय संगठनको संयुक्त भेलालाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै थापाले कोरोना महामारी नियन्त्रण गर्न सरकारको भूमिका निष्प्रभावी रहेको भन्दै कोरोना महामारी, भ्रष्टाचार र धर्म परिवर्तन जस्ता बिषयलाई लिएर सडकमा जान कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन्।

यस्तै उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसको विकल्पको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई जनताले हेरिरहेको बताए। 

उनले जनताको माझबाट जनअनुमोदित गराएर एजेण्डालाई स्थापित गरि छाड्ने दृढता व्यक्त गरेका छन्।

मुलुकमा अहिले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक भएकोले त्यो परिपूर्ति गर्न राप्रपा एक भएको चर्चा गर्दै थापाले तल्लो तहसम्म संगठन निर्माणमा जुट्नुपर्ने आवश्यकता औल्याए। 

पार्टी एकतासँगै जनवर्गीय संगठनको समायोजन गर्ने कार्यलाई प्राथमिकतामा राखी अघि बढ्न आग्रह गर्दै अध्यक्ष थापाले सांठनिक सुदृढिकरणका गतिविधिमा केन्द्रीत हुनुपर्नेमा जोड दिए। 

प्रकाशित मिति: : 2020-08-02 17:14:50

प्रतिकृया दिनुहोस्