न्यायालयको जनआस्थालाई कमजोर नपार्न बारकाे आग्रह

नेपाल बार एसोसिएसनले न्यायालयको जनआस्थालाई कमजोर नपार्न आग्रह गरेको छ। 

सर्वोच्च अदालतबाट विवादास्पद फैसला भएको लामो समय मौन रहेको बारले बैठकबाट आइतबार एक विज्ञप्ति जारी गर्दै बारले एकाध फैसलालाई लिएर सञ्चारमाध्यमबाट समाचार सम्प्रेषण भएकाले न्यायपालिकाको जनआस्थामा गम्भीर दख्खल पुग्न जाने भन्दै त्यस्ता आदेश र फैसला नहुनुपर्ने बताएकाे छ। 

‘अदालतप्रतिको जनआस्था कमजोर पार्ने किसिमका गतिविधिसमा नलाग्न सम्पूर्ण सञ्चारमाध्यम तथा सर्वसाधारणहरुमा हार्दिक अपिल गर्दछौं,’ बारले भनेको छ।

बारले साउन १६ गतेको बैठकबाट निर्णय गरी देशभरका अदालतहरुबाट विकृति, विसंगतीजन्य आदेश र फैसला कुनै भएको पाइएमा अध्ययन गर्न र त्यसको जानकारी बारलाई पठाउन आग्रह गरेको छ। 

अदालतका अदेश र फैसलामा बौद्धिक बहस स्वाभाविक मानिए पनि समग्र न्यायापालिका र न्याय प्रणालीप्रति अनास्था फैलाउन नहुने भन्दै बारले सर्वोच्च अदालतको पेसी व्यवस्थापनलाई स्वचालित बनाउन माग गरेको छ।

प्रकाशित मिति: : 2020-08-02 17:36:51

प्रतिकृया दिनुहोस्