कालीमाटी र कुलेश्वरका दुई खाद्य गोदाम सिल

कालीमाटी र कुलेश्वर क्षेत्रमा रहेका दुई वटा खाद्य गोदामलाई वाणिज्य विभागले सिल गरेको छ।

कालीमाटीको एएसएस मार्केटिङ र अर्को एक खाद्य भण्डारमा चिनी शंकास्पद भण्डारण पाइएपछि सिल गरिएको गरेकाे हाे। 

निर्देशक एवम् अनुगमन शाखा प्रमुख सागर मिश्रका अनुसार एएसएस मार्केटिङमा भेटिएको १६ क्विन्टल चिनीको खरिद गरेको विवरण र बिक्रीको बिबरण नमिलेको देखाइएको र गोदाममा हेर्दा चिनीको मात्रा नमिलेकाले प्रहरीको रोहवरमा गोदाम सिलबन्दी विभागले सिल गरेकाे हाे।  

त्यस्तै विभागले अर्को एक गोदाममा चिनी भेटिएको तर गोदाम धनी सम्पर्कमा नआएपछि सिल गरेर धनीलाई कार्यालयमा सम्पर्क गर्न बोलाएकाे छ।

बजारमा चिनीको अभाव तथा तरकारीमा अस्वभाविक रुपमा मूल्य बढाइएको गुनासोपछि अनुगमन तीव्र पारिएको विभागले जनाएकाे छ।

विभागले मूल्यसूची नराखी तरकारी बिक्री गर्ने कालीमाटी तरकारी तथा फलफूल बजारको दुई वटा तरकारी पसललाई पाँच पाँच हजार जरिवाना गराएको छ।

यस्तै बजारमा व्यासायीक आचरण पालना नगरेका अर्को दुई वटा पसललाई विभागले सचेत गराएको छ।

प्रकाशित मिति: : 2020-08-03 14:58:54

प्रतिकृया दिनुहोस्