कर्नाटकका पूर्वमुख्य मन्त्रीलाई कोरोना संक्रमण

 भारतको कर्नाटकका पूर्वमुख्य मन्त्री तथा कांग्रेस नेता सिद्धरमहियामा कोरोना संक्रमण देखिएको छ। उनले यो कुरा आफैँले जानकारी दिएका हुन्।

उनले संक्रमण भएको र उपचारका लागि अस्पताल भर्ना भएको ट्विटरबाट जानकारी गराएका हुन्।

‘मेरो परीक्षणमा कोभिड १९ पोजेटिभ देखिएको छ र चिकित्सकको सल्लाहअनुसार अस्पताल भर्ना भएको छु। मसँग सम्पर्कमा आउनु भएका सबैजनालाई क्वारेन्टाइनमा बस्न र परीक्षण गराउन आग्रह गर्छु,’ उनले ट्विटमा भनेका छन्।

प्रकाशित मिति: : 2020-08-04 12:02:38

प्रतिकृया दिनुहोस्