१८ वर्षीय निशान भुजेल यसरी बने भारतीय म्युजिक भिडिओ निर्देशक

भारतीय र्‍यापर इमिवे बन्टाइले ६ महिनाअघि आफ्नो गीत 'फिरसे मचाएंगे' युट्युब च्यानलमा अपलोड गरे। गीत सार्वजनिक भएको तीन सातामै सात करोडभन्दा बढीले हेरिसकेका थिए। हाल करिब २२ करोडभन्दा धेरै 'भ्युज' पाएको उक्त गीत छोटो समयमै हिट भयो।

फिल्म 'गली ब्वाइ' मा समेत देखिएका इमिवेले नयाँ गीतबाट थप चर्चा पाए, गीतको भिडिओको पनि तारिफ भयो। अनि भिडिओग्राफरको समेत प्रशंसा हुन थाल्यो।

भारतीय र्‍यापर इमिवेको यो गीतका भिडिओग्राफर नेपाली हुन्- १८ वर्षीय निशान भुजेल। 

काठमाडौंमा हुर्किएका निशान भिडिओग्राफर तथा म्युजिक भिडिओ निर्देशकका रूपमा परिचित भइसकेका छन्। नेपालका केही चर्चित म्युजिक भिडिओमा काम गरिसकेका उनी एक-दुई वर्ष अघिसम्म थोरैमाझ चिनिएका थिए। इमिवेको भिडिओपछि भने उनको कामले देश-विदेशसम्म चर्चा पाएको छ।

दुई वर्ष अघिदेखि भिडिओग्राफीमा सक्रिय निशान कम उमेरमै सफलता पाउनेमध्ये पर्छन्। यसका पछाडि उनको भिडिओग्राफी प्रतिको मोह र मिहिनेतको बलियो आड छ। 

प्रकाशित मिति: : 2020-08-05 09:02:59

प्रतिकृया दिनुहोस्