अन्तिम समयमा ओली-प्रचण्डको भेटवार्ता स्थगित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको भेटवार्ता स्थगित भएको छ। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बुधबार साँझ ५ बजे हुने भनिएको भेटवार्ता स्थगित भएको हो। थापाले बुधबार स्थगित भेटवार्ता बिहीबार बिहान हुने जानकारी दिए।

६ दिनसम्म भेटवार्ता नगरेका अध्यक्षद्वयबीच तीन दिनयता छलफल जारी छ। प्रचण्डसँगको छलफलमा ओलीले स्थायी समिति बैठकमा नजाने, केन्द्रीय समिति बैठक नबोलाउने, स्थायी समिति बैठक राखेमा वैधानिक नहुने, दुवै पद नछोड्ने अडानलाई निरन्तरता दिएका छन्। 

प्रचण्डको चाहना आफू मात्र अध्यक्ष हुने, महाधिवेशनसम्म दुवै पद नछाड्ने ओली-अडान, नेपाल पक्षको रुचि केन्द्रीय कमिटीमा

 

प्रकाशित मिति: : 2020-08-05 17:20:17

प्रतिकृया दिनुहोस्