प्रचण्ड-माधव समूह ‘ग्याङ अफ फोर’ : प्रधानमन्त्रीका सल्लाहकार थापा

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवं नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले प्रचण्ड -माधव समूहलाई ‘ग्याङ अफ फोर’ को संज्ञा दिएका छन्।

नेकपाका चार नेताको बुधबार भएको पत्रकार सम्मेलनलाई लक्षित गर्दै थापाले १० वर्ष अघिको नेकपा माओवादीको धोवीघाट गठबन्धनको परिणामपछि माओवादी धार १ दर्जन समूहमा विभाजन र विघटन भएकोसमेत स्मरण गराएका छन् ।

अहिले १० वर्षपछि खुमलटारको रिहर्सल भन्दै थापाले लेखेका छन्, ‘यो पद, प्रतिष्ठा, गुटबन्दी र भागबण्डा नभएर विधि, पद्दति र एकताको लडाई रे ? पार्टी विभाजनको खुल्लमखुला हाँक, होहल्ला र रिहर्सल ।’

१० वर्षअघि माओवादी अध्यक्ष तथा तत्कालीन संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बाबुराम भट्टराई, रामबहादुर थापा, मोहन बैद्य र नारायणकाजी श्रेष्ठको भेला भएको सन्दर्भ कोट्याउँदै थापाले बुधबारको प्रचण्ड-माधव समूहको पत्रकार भेटघाटको तुलना धोविघाट गठबन्धनसँगै तुलना गरेका छन् ।

राष्ट्रपतिमा झलनाथ खनाल, प्रधानमन्त्रीमा प्रचण्ड, पार्टी अध्यक्षमा माधवकुमार नेपाल, उपप्रधानमन्त्रीमा नारायणकाजी श्रेष्ठ हुनेगरी मोर्चाबन्दी भएको थापाको दाबी छ ।

प्रकाशित मिति: : 2020-08-06 08:12:42

प्रतिकृया दिनुहोस्