काठमाडाैंकाे कपुरधाराबाट १० जुवाडे पक्राउ

जुवातास खेलिरहेको अवस्थामा काठमाडाैंकाे कपुरधाराबाट प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ।

काठमाडौं महानगरपालिका २६ कपुरधारा मोहन गल्लीस्थित शम्भु थापाको घरमा तास खेलिरहेको अवस्थामा थापा र सोही ठाउँ बस्ने गोरखाका ४२ वर्षीय तोपबहादुर गुरुङसहित १० जनालाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ८५ हजार ९ सय ४० रुपैयाँर ६ बुक तास सहित पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित मिति: : 2020-08-06 15:15:49

प्रतिकृया दिनुहोस्