‘लकडाउन’ खोलेपछि स्पेनमा फेरि कोरोना संक्रमित बढ्दै

एजेन्सी

म्याड्रिड

स्पेनमा ‘लकडाउन’ हटाएपछि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। बुधबार मात्र १७ सय ७२ नयाँ संक्रमित फेला परेका छन्। स्पेनले गत जुनमा ‘लकडाउन’ हटाएको थियो। 

स्थानीय पत्रिकाका अनुसार हालै देखिएको संक्रमणको घटना पहिलेभन्दा धेरै हो। स्पेनमा हालसम्म ३ लाख ५२ हजारभन्दा बढी कोरोना संक्रमित देखिएका छन्, जसमा २८ हजार ४ सय ९९ जनाको निधन भएको थियो। 

स्वास्थ्य मन्त्रालयका अनुसार यो साता स्पेनमा ८ हजार ५ सय नयाँ संक्रमित देखिएका छन्, जसमा २७ को निधन भएको छ।

प्रकाशित मिति: : 2020-08-06 18:13:59

प्रतिकृया दिनुहोस्