चुच्चेपाटीमा श्रीमानले गरे श्रीमती र छोरीमाथि तारपिनको बोतल प्रहार

सांकेतिक तस्वीर

राजधानीको चुच्चेपाटीमा एक पुरूषले श्रीमती र छोरीलाई तारपिन तेलको बोतलले आक्रमण गरेका छन्। घरायसी विवाद हुँदा श्रीमती र छोरीलाई उनले घरमा राखिएको तारपिनको बोतलले हानेको महानगरीय प्रहरी प्रभाग बौद्धका डिएसपी नवीन कार्कीले जानकारी दिए।

 केमिकलको कारण श्रीमतीको आँखामा सामान्य चोट लागेकोले उनलाई तिलगङ्गा आँखा अस्पताल लगिएको कार्कीले जानकारी दिए।

हेटौंडा घर भई चुच्चेपाटी डेरा गरी बस्ने राजन बिष्ट पेन्टिङको काम गर्ने र मदिरा सेवन गरेर आएपछि प्रहार गरेको खुलेको छ।

रक्सी खाएर पटक पटक श्रीमति र छोराछोरीलाई पिट्दै आएका विष्टलाई प्रहरीले यसअघि पनि पक्राउ गरिसकेको छ।

प्रकाशित मिति: : 2020-08-06 22:29:17

प्रतिकृया दिनुहोस्