सन्तोष लामाको स्वरमा विपिन कार्की अभिनय ‘डर छैन...’ (भिडियो)

काठमाडौं । अभिनेता विपिन कार्की अभिनित भिडियो ‘डर छैन...’ सार्वजनिक गरिएको छ । सन्तोष लामाको स्वर रहेको गीतमा नारायण गौतमको शब्द छ । हरि लम्सालको संगीत छ ।

म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । गीतमा विपिन भरियाको भूमिकामा छन् । भिडियोमा उनले एउटा भरियाको दिनचर्या प्रस्तुत गरेका छन् । 

गीतमा विपिनसंगै लोकमणि सापकोटा र स्रवानी थापाको अभिनय छ । 

भिडियो छायांकन हरि हुमागाईंले गरेका छन् भने विकास धमलाले सम्पादन गरेका छन् । विपिन कार्कीको यो चौथो म्युजिक भिडियो हो । 

प्रकाशित मिति: : 2020-08-07 08:49:07

प्रतिकृया दिनुहोस्