विप्लव माओवादीका काभ्रे जिल्लास्तरीय नेता पक्राउ

विप्लव समूहका काभ्रे जिल्लास्तरीय नेता पक्राउ परेका छन्। प्रहरीले रोशी गाउँपालिका-५ को सिसाखानी छाप घर भई भक्तपुर सूर्यविनायक बस्दै आएका ३३ वर्षीय प्रशान्तकुमार मोक्तानलाई पक्राउ गरेको हो। 

विप्लव माओवादीको गतिविधि नियन्त्रण गर्ने क्रममा मोक्तानलाई पक्राउ गरिएको काभ्रे प्रहरीले जनाएको छ। उनी विप्लव माओवादीका काभ्रे जिल्ला सदस्य हुन्। 

उनी विपी राजमार्गमा सार्वजनिक हितविपरीत कार्य गरिरहेका बेला पक्राउ परेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: : 2020-08-07 15:14:52

प्रतिकृया दिनुहोस्