रेडक्रस र अस्पतालले लापरबाही गरेको आरोप: गलत समूहको रगत चढाएपछि २२ वर्षीया सुत्केरीको अनाहकमा मृत्यु

देशसञ्चार

जनकपुरधाम

राजा झा

जनकपुरधाममा सुत्केरी गराउन आएकी एक महिलाको अस्पताल र रेडक्रसको लापर्वाहीका कारण मृत्यु भएको मृतकका आफन्तले आरोप लगाएका छन्।

जनकपुरधास्थित रामजानकी हस्पिटलमा महोत्तरी गौशाला नगरपालिका – ११ भरतपुरकी २२ वर्षीया गंगादेवी महतोको ज्यान गएको थियो।

अस्पताल र रेडक्रसले ब्लड ग्रुप चिन्न नसक्दा उनको अनाहकमा ज्यान गएको मृतकका आफन्तको आरोप छ । ‘ओ’ पोजेटिभ ब्लड ग्रपुको साटो ‘बी’ पोजेटिभ ब्लड चढाएको र  रगतले गलत रिएक्सन गर्दा शुक्रबार बिहान करिब साढे ९ बजे गंगादेवीको मृत्यु भएको उनिहरुको दावी छ।

मृतकका आफन्तले परिवारजनले शव उठाउन मानेका छैनन् । मृतकको शव अहिले रामजानकी हस्पिटलमै राखिएको छ । यस घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषाले परिवारजन, अस्पतालका व्यक्ति र रगतको पोका दिएका रेडक्रसका पदाधिकारीहरुसँग सोधपुछ गरिरहेको छ ।

 

प्रकाशित मिति: : 2020-08-07 16:28:23

प्रतिकृया दिनुहोस्