शुक्रबार थपिए कोरोनाका ४ सय ६४ संक्रमित, मृतकको संख्या ७० पुग्यो

काठमाडाैं उपत्यकामा थपिए १०६ जना कोरोना संक्रमित

शुक्रबार देशभर कोरोनाका ४ सय ६४ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ४६४ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी हो।

योसहित हालसम्म संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा ४ सय २५ जना कोरोनामुक्त भई घर फर्किएका छन्। यसरी हालसम्म १५ हजार ८ सय १४ कोरोनामुक्त भइ घर फर्किनेको संख्या पुगेको छ।

त्यस्तै हालसम्म मृतक ७० जनामा कोरोना पुष्टि भएको छ।

विगत २४ घण्टामा ६ हजार ३ सय ३० जनाको पिसिआर परीक्षण भएको छ।

काठमाडौं उपत्यकामा १०६ जना नयाँ संक्रमित थपिए

शुक्रबार उपत्यकाका ३ जिल्लामा अहिलेसम्मकै सबैभन्दा धेरैमा कोरोना भाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपत्यकामा मात्रै १०२ जना कोरोना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये काठमाडौंका ८८ जना,  ललितपुरका १० जना र भक्तपुरका ४ जनामा रहेको बताए ।

उनका अनुसार राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरका ३, काठमाडौंका १४, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भक्तपुरका २, काठमाडौंका ३९ र पाटन अस्पतालको प्रयोगशालामा काठमाडौंका ५, भक्तपुरका १ र ललितपुरका २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, वीर अस्पतालको प्रयोगशालामा काठमाडौंका ४, शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १, नेपाल प्रहरी अस्पतालमा काठमाडौंका ७, स्टार अस्पताल सानेपामा काठमाडौंका ११, ललितपुरका १, विध ल्याब काठमाडौंमा ललितपुरका १, काठमाडौंका २, ह्याम्स अस्पतालमा काठमाडौंका ४ जना, नेपाल कोरिया मैत्री अस्पतालमा भक्तपुरका १ र काठमाडौंका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति: : 2020-08-07 16:31:45

प्रतिकृया दिनुहोस्