चहलको विवाह पक्का

भारतीय क्रिकेट टिमका स्पिनर यजुवेन्द्र चहल वैवाहिक बन्धनमा बाँधिने पक्का भएको छ। चहलले यसको जानकारी सोशल मिडियाबाट दिएका छन्। 

उनले धनश्री वर्मासँगको फोटो पनि सेयर गरेका छन्। चहलले लेखेका छन्, ‘हामीले परिवारसँग सल्लाह गरेर विवाहको लागि मञ्जुरी लिइसकेका छौं।’

चहललाई ट्वीट गर्दै अलराउण्डर हार्दिक पाण्ड्या र सुरेश रैनासहित टिम इन्डियाका केही खेलाडीले बधाई भनेका छन्। आइपीएलमा रोयल च्यालेन्जर्स बेङ्लोरबाट खेल्ने चहललाई चेन्नई सुपर किङ्सले बधाई दिएको छ। 

धनश्री पेशाले डाक्टर हुन्। उनी युट्युब र कोरियोग्राफीमा निकै सक्रिय छिन्। मुम्बईमा बस्ने धनश्रीले पनि आफ्नो इन्स्टामा ‘रोका सेरेमनी’ को फोटो सेयर गरेकी छिन्। 

उनले लेखेकी छिन्, ‘यो डान्स टिचरले तपाईको विकेट लिन सक्छ। तपाईहको मनोरञ्जनको छात्र तथा राम्रो व्यक्ति हुन्। स्लो मोसनको अनुभव आफ्नो राइट आर्म लेग स्पिनरसँग।’

चहलले ५२ टेस्टमा ९१ विकेट ४२ टि–२० मा ५५ विकेट लिएका छन्। उनले आइपीएलमा ८४ खेलमा १ सय विकेट लिएका छन्।। यसपालि आइपीएल १९ सेप्टेम्बरबाट सुरु भएर १० नोभेम्बरमा समाप्त हुँदैछ।

प्रकाशित मिति: : 2020-08-08 22:32:55

प्रतिकृया दिनुहोस्