नवप्रवेशीको आडमा शक्ति बढाउँदै देउवा, सिटौलाको विकल्पमा गच्छदार र थापा

देउवाको महाधिवेशनमुखी रणनीतिले संस्थापन इतर समूह चेपुवामा

रातोपाटी

काठमाडौं

नेपाली काँग्रेसमा कोरोनाभाइरसको महामारीका बीच १४ औं महाधिवेशनको मिति तय भएसँगै सुरु भएको महाधिवेशन लक्षित आन्तरिक रस्साकस्सी जारी छ । यही बीचमा काँग्रेस साउन १० गतेयता स्थानीय तहको पार्टी संगठन क्रियाशील सदस्यता वितरण र नवीकरणमा लागिपरेको छ ।

महाधिवेशनका लागि शक्ति सञ्चयको होडबाजी चल्दैगर्दा शीर्ष नेताहरुको कार्यकर्ता फकाउने आ–आफ्नै रणनीति छ । सभापति शेरबहादुर देउवाले पद बाँड्ने नीति अख्तियार गरेको पाइन्छ भने संस्थापन इतर पक्ष देउवालाई असफल सिद्ध गरेर महाधिवेशनमा आफूलाई विकल्पको रुपमा खडा गर्ने रणनीतिमा देखिन्छ ।

महाधिवेशनमको कार्यतालिका सार्वजनिक भएपछि देउवा संस्थापन इतर पक्षको विरोधको प्रवाह नगरी मनोनयनमा केन्द्रित छन् । पार्टीको जिम्मेवारीमा बस्न चाहने इतर निकट कार्यकर्ता र काँग्रेसमा नयाँ प्रवेशीलाई व्यवस्थापन गरेर शक्ति सञ्चय गर्ने देउवाको ध्येय छ । 

प्रकाशित मिति: : 2020-08-08 23:17:01

प्रतिकृया दिनुहोस्