आन्द्रे पिर्लो युभेन्टसको प्रशिक्षकमा नियुक्त

एजेन्सी

काठमाडौं

इटालियन फुटबल क्लब युभेन्टसले पूर्व खेलाडी आन्द्रे पिर्लोलाई प्रशिक्षकका रुपमा नियुक्त गरेको छ ।

च्याम्पियन्स लिगबाट युभेन्टस बाहिरिएलगत्तै मौरिजियो सारीलाई प्रशिक्षकबाट हटाएको युभेन्टसले पिर्लोमाथि विश्वास देखाएको हो।

क्लबले पूर्व मिडफिल्डर पिर्लोलाई २३ वर्षमुनिको टिमको प्रशिक्षकमा नियुक्त गरेको एक सातामै सिनियर टिमको पनि जिम्मावारी सुम्पिएको हो ।

कुनै समयको लोभलाग्दो इटालीयन फुटबलका प्रभावशाली खेलाडी पिर्लोले सन् २००६ मा इटालीलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका निभाएका थिए ।

उनले युभेन्टसका लागि खेलाडीको रुपमा चार पटक सिरी ए, एक पटक कोपा इटालिया र दुई पटक इटालियन सुपर कपको उपाधि जितेका छन्।

४१ वर्षका पिर्लोले युभेन्टससँग दुई वर्षको सम्झौता गरेका छन् ।

प्रकाशित मिति: : 2020-08-09 09:19:20

प्रतिकृया दिनुहोस्