मेसीद्धारा च्याम्पियन्स लिगमा ३५ क्लबविरूद्ध गोलको कीर्तिमान

एजेन्सी

नोउ क्याम्प

बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेसीले एउटै क्लबमा आवद्ध भएर च्याम्पियन्स लिगको भिन्दाभिन्दै ३५ क्लबविरूद्ध गोल गर्ने अनौठौं कीर्तिमान बनाएका छन्। 

शनिबार च्याम्पियन्स लिगअन्तर्गत प्रि–क्वाटरको दोस्रो लेगको खेलमा इटालीको नेपोली क्लबलाई ३–१ ले पराजित गर्दा मेसीले २३ औं मिनेटमा गोल गरेका थिए। उनले ४ डिफेन्डरको बीचबाट बल निकालेर गोल गरेका थिए। स्पेनिस क्लब बार्सिलोना १३ औं पल्ट क्वाटरफाइनल प्रवेश गरेको हो। 

अब उसले क्वाटरफाइनलमा जर्मनीको वायर्न म्युनिखसँग भिड्नु पर्नेछ। खेल सुरु भएको १० मिनेटमा क्लिमेन्ट लेङ्लेटको गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो। बार्सिलोनाबाट खेल्दै उनको च्याम्पियन्स लिगमा पहिलो गोल थियो। बार्सिलोनाले पहिलो हाफमै तीन गोल गरिसकेको थियो।

 तेस्रो गोल लुइस सुआरेजलले पहिलो हाफको अतिरिक्त समयमा गरेका थिए। नेपोलीको तर्फबाट लोरेन्जो इन्साग्नेले पहिलो हाफको अतिरिक्त समयमै एक गोल फर्काएका थिए। 

च्याम्पियन्स लिगमा मेसीपछि भिन्न टिमविरूद्ध गोल गर्ने अभियानमा दोस्रो नम्बरमा क्रिस्टियानो रोनाल्डो छन्। उनले ३३ टिमविरूद्ध गोल गरेका थिए। राहुल गोन्जालेजले पनि ३३ टिमविरूद्ध नै गोल गरेका थिए। तर, उनले अवकास लिइसकेका छन्। यस्तै, करिम बेन्जेमा र ज्लाटन इब्राहिमोभिचले पनि २९ वटा टिमविरूद्ध गोल गरेका छन्। 

मेसीद्धारा प्रि–क्वाटर फाइनलकाे ३० खेलमा २७ गाेल पुरा भइसकेकाे छ। याे पनि आफैमा कीर्तिमान हाे।

प्रकाशित मिति: : 2020-08-09 09:33:44

प्रतिकृया दिनुहोस्