काठमाडाैंकाे चन्द्रागिरिमा चरेससहित एकजना पक्राउ

काठमाडाैंकाे चन्द्रागिरि नगरपालिकामा चरेससहित एकजना पक्राउ परेका छन्।

विशेष सूचनाकाे आधारमा खटिएको महानगरीय प्रहरी वृत्त थानकोटकाे टाेलिले चरेससहित चन्द्रागिरि नगरपालिका ५ दाउराडिपोस्थित टहरा कोठामा बस्दै आएका मकवानपुर थाहा नगरपालिका ७ घर बताउने वर्ष ४२ को देवेन्द्र थापा मगरलाई नियन्त्रणमा लिएको हाे ।

उनको कोठाबाट १ किलो १६० ग्राम लागुऔषध चरेस, प्याकिङ गर्ने कागज र तराजुसमेत बरामद गरिएकाे प्रहरीले जनाएकाे छ।

मगरले उक्त चरेस धादिङबाट ल्याएर स्थानीय युवाहरूलाई विक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

उनी उपर लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।

प्रकाशित मिति: : 2020-08-09 18:30:59

प्रतिकृया दिनुहोस्