राष्ट्रिय आविश्कार केन्द्रद्वारा आयव्यय विवरण सार्वजनिक (विवरणसहित)

राष्ट्रिय आविष्कार केन्द्रले कोरोना रोकथाम कार्यमा गरेको आयव्यका विवरण सार्वजनिक गरेको छ। विश्वभर कोरोना महामारी फैलिएसँगै नेपाल सरकारले २०७६ चैत १४ गतेदेखि १२० दिनसम्म लकडाउन गर्‍यो।

लकडाउन पछि देशभर अत्यावस्यकबाहेक सबै बन्द भयो। बन्दाबन्दी भएसँगै राष्ट्रिय आविस्कार केन्द्रले कोरोना रोकथामको लागि विभिन्न सरसामान र उपकरणहरू उत्पादन गरिरहेको छ।

गत साउन १५ सम्म करीब चार महिनामा कोरोना विरूद्ध लड्न देश विदेशबाट व्यक्तिगत र संस्थागत रुपमा प्राप्त भएको दानको विवरण केन्द्रका प्रमुख महावीर पुनले सार्वजनिक गरेका छन्।

विभिन्न देशमा बसोवास गरेका नेपाली र संस्थाबाट पाएका सहयोगको दानबाट राष्ट्रिय आविष्कार केन्द्रमा कोरोना विरूद्ध लड्न करीब १० किसिमका सामान बनाएर निःशुल्क वितरण गरिएको केन्द्रका अध्यक्ष पुनले जानकारी दिए।

राष्ट्रिय आविष्कार केन्द्रले कोरोनाको रोकथामका लागि हालसम्म पीपीई, कोरोना टेष्ट बुथ, एसोसल बक्स, भेन्टिलेटर, नर्सिङ रोबोट, युभिसी डीसइन्फेक्सन बक्स, नासाल स्वाब, काडेभरसहित बिभिन्न सामान बनाएर नेपाल भरि निःशुल्क वितरण गरिरहेको केन्द्रले जानकारी गराएको छ।

रीब ४ महिनाको आय र खर्चको विवरण यस्तो छ

४ महिनाको अवधिमा कोरोनाको रोकथामको लागि गरेका प्रयासका लागि देश विदेशमा रहेका नेपाली, सामाजिक संघ संस्थाबाट २ करोड २१ लाख ७८ हजार १ सय ४ रूपैयाँ दान संकलन हुँदा २ करोड ३० लाख ३९ हजार ८ सय ८७ रुपैंया खर्च भएको केन्द्रले जनाएको छ।

केन्द्रको तथ्याङ्क अनुसार प्राप्त भएको दानभन्दा ८ लाख ६१ हजार ७ सय ८३ रुपैंया बढी खर्च भएको छ। यद्यपी साउन १५ गते पछि पनि दान आईरहेकाले खासै घाटा नहुने बताएको छ।

यो चार महीनाको बिचमा करीब ३२ लाख रूपैंया बराबरको उपकरणसमेत खरिद गरेको जानकारी दिएको छ।

लकडाउन सुरू भएदेखि साउन १५ गतेसम्म प्राप्त दानको विवरण

दाताबाट हिमालयन बैंकमा जम्मा दान

रू.७१८७४१२।-

दाताबाट ग्लोबल आई.एम.ई बैंकमा जम्मा दान

रू ८४०२९४३।-

आविष्कार केन्द्रमा आएर दाताले गरेको नगद दान

रू ३५०५७४९।-

अमेरिकामा सामान किन्न प्राप्त दान

रू ९५२०००।-

जापानमा थ्रीडी प्रिन्टर र अन्य सामान किन्न प्राप्त दान

रू २१३००००।-

 

जम्मा

रू २२१७८१०४।-

लकडाउन सुरू भएदेखि साउन १५ गतेसम्म खर्च विवरण

पीपीईको कपडा किन्न र बनाउन (११ हजार थान)

रू.६०८१६४४।-

भाइजर, सर्जिकल मास्क र सेनिटाइजर

रू ३८००००।-

भाइरस मार्ने युभिसी बाकस बनाउन (२८ थान)

रू ३५६५६१।-

स्वाब संकलन गर्ने बुथ (५१ थान)

रू २६८२०३५।-

नर्सिङ रोबोट (६ थान)

रू ४५००००।-

बिग्रेको भेन्टिलेटर बनाउन (४५ थान) र डायलासिस मर्मत ( १८ थान)

रू ४३५०००।-

एरोसोल बाकस (३५ थान)

रू ३५६५६१।-

Pneumask, HME फिल्टर त्यसको सामान

रू १६८०००।-

जापानमा किनेको थ्रीडी प्रिन्टर र अन्य सामान

रू २१३००००।-

१०

अमेरिकामा किनेर पठाएको सामान र उपकरण

रू ९५२०००।-

११

ईलेकट्रोनिक्स, ईलेक्ट्रीकलका सामान, अन्य सामाग्री

रू २९३२०५०।-

१२

CNC मशीन र त्यसलाई चाहिने अन्य सामानहरु

रू १७१६०००।-

१३

अनुसन्धानकर्तालाई दिएको ४ महिनाको निर्वाह खर्च (२८ जना)

रू २३१९३२३।-

१४

अफिस सञ्चालन, मसलन्द र सामान ढुवानी खर्च

रू १०९०७८७।-

१५

अनुसन्धानकर्तालाई औषधि उपचार खर्च

रू ९३३०५।-

१६

अनुसन्धानकर्तालाई ४ महिनाको खाना खर्च (२८ जना)

रू ८९६५३७।-

 

जम्मा

रू २३०३९८८७।-

 

आय- रू २२१७८१०४।-
व्यय- रू २३०३९८८७।-
नोक्सान- ८६१७८३

यसैबिच कतिपयले कोरोना उपचार र रोकथामका लागि प्रयोग हुने सामाग्रीको लागत मूल्य लिएर बिक्री गर्नसमेत सुझाएको केन्द्रले जनाएको छ। यद्यपी अधिकांश दाताले आफूले गरेको दानबाट सामाग्री बनाएर निःशुल्क वितरण गर्न अनुरोध गरेकाले कुनै पैसा नलिएको केन्द्रले स्पस्ट पारेको छ।

‘यसरी पैसा लिएर बाढ्दा धरै दाताको चित्त दुख्ने भएकोले निःशुल्क बाडिएको हो। दाताहरुको दान दुरुपयोग नहोस् भनेर संकटको घडीमा राष्ट्रिय आविष्कार केन्द्रले ब्यापार गर्न नैतिकताले दिदैनथ्यो,’ केन्द्रका प्रमुख पुनले भने, ‘ सहयोगी हातलाई धन्यवाद। यसलाई अन्यथा नलिनु होला।’

प्रकाशित मिति: : 2020-08-09 19:08:59

प्रतिकृया दिनुहोस्