सात वर्षपछि चेल्सी छाड्दै विलियन, अनुबन्धन गर्न मड्रिड र आर्सनलले देखायाे चासो

एजेन्सी

काठमाडाैं

विलियनले इंग्लिस क्लब चेल्सी छोड्ने पुष्टि गरेका छन्। सात वर्षको चेल्सी बसाइसकेका ब्राजिलियन वेङ्गर विलियनले कल्ब छाड्न लागेका हुन्।

२ वर्षका विलियन अब सम्झौता बिहीन छन्। विलियनले चेल्सीका फ्यानलाई खुला पत्र लेखेर अब सबै कुरा छोडेर अघि बढ्ने बेला आएको उल्लेख गरेका हुन्। 

‘मेरो शिर ठाडो पारेर बाहिरिँदै छु। यहाँ केही पाएँ भन्ने ज्ञान छ र चेल्सीको जर्सीमा जहिले राम्रो गर्ने प्रयास गरेँ जस्तो लाग्छ। अब नयाँ मार्ग रोज्ने निर्णय गरेकाे छु,’ उनले लेखेका छन्।

विलियनलाई अनुबन्धित गर्न आर्सनलले चासो देखाएको छ। यस्तै उनलाई भित्र्याउन इंग्लिस क्लब म्यान्चेष्टर युनाईटेड र स्पेनिस क्लब रियल मड्रिडले पनि इच्छा देखाएका छन्।

यसअघि नेयमार जेआर हुँदा विलियन स्पेनिस क्लब बार्सिलोनासँग जोडिएका थिए। बार्सिलोनाले विलियनलाई भित्र्यााउन चेल्सीसँग प्रस्ताव अघि सारेकाे थियाे। तर क्लबले बेच्न नचाहेकाेले उनी चेल्सीमै रहेका थिए।

शनिबार राति भएको च्याम्पियन्स लिग अन्तर्गत बार्यन म्युनिखसँगको खेलमा विलियन चोटका कारण मैदानमा थिएनन्। सो खेलमा चेल्सी पराजित भएकाे थियाे।  

उनी सन् २०१३ मा चेल्सीमा अनुबन्धित भएका थिए। हालसम्म ३३९ खेल खेलेका उनले चेल्सीबाट दुईपटक प्रिमियर लिग र युरोपा लिगको उपाधि जितेका छन्।

यस्तै उनले दुई पटक वर्ष खेलाडीको अवार्ड पनि जितेका छन्। 

प्रकाशित मिति: : 2020-08-10 09:42:06

प्रतिकृया दिनुहोस्