अमेरिका हापेर माटाेमा रमाएका पीएचडी जोडी

लक्ष्य प्राप्तिपछि डा. राजेन्द्र गौतम र डा.  स्मृति पन्तको जोडी अमेरिकाबाट नेपाल आउने योजनामा हुन्छन् । तर, नेपाल आउनुपहिले, गएर के गर्ने ? मनमा अनेक कुरा खेल्छन् ।

विकल्प त अनेक छन् । सामान्य काम गरेरै पनि औसत जीविका चलाउन गाह्रो छैन । पढिएको छ, केही नहुँदा पढाएरै मात्रै पनि पुग्छ, एनजीओ चलाउँ भने पनि खुबी राम्रै छ । आईएनजीओमा राम्रै तलबमा काम गर्ने अवसर पाइन्छ, आत्मविश्वास नभएको होइन ।

तर, अमेरिकामा पुगेर  एउटा प्रतिष्ठित विश्वविद्यालयबाट गरिएको पीएचडीसँग आफू जन्मेहुर्केको ठाउँप्रतिको जिम्मेवारीसँग पनि सम्बन्ध भएको महसुस गर्छ यो जोडी । ‘त्यसका लागि हामी के गर्न सक्छौँ ।’

सफलता पाउन गर्नुपर्ने पूर्ण पूर्वसर्त पालना गर्ने गरी अमेरिकामा नै बनाएका योजनालाई कार्यान्वयन गर्ने लक्ष्य बोकेर सन् २०१८ काे जनावरीमा ७ वर्षपछि राजेन्द्र स्मृतिको जोडी ४ वर्षे छोरो लिएर नेपाल फर्कन्छन् ।

प्रकाशित मिति: : 2020-08-10 16:41:36

प्रतिकृया दिनुहोस्