भारतका पूर्वराष्ट्रपति मुखर्जीको ८४ वर्षको उमेरमा टाउकोको शल्यक्रिया

पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ बर्षको उमेरमा टाउकोको शल्यक्रिया सफल भएको छ। 

मुखर्जी भारतीय सेनाको ‘आर एण्ड आर’ अस्पतालमा भेन्टिलेटरमा छन्। शल्यक्रियाअघि गरिएको परीक्षणमा सोमबार मुखर्जीको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो। 

उनले यसको जानकारी सोसल मिडियामार्फत आफैले दिएका थिए। 

उनले ट्वीट गर्दै बताएका थिए, ‘अस्पतालमा अरु कुराको चेकअपका लागि गएको थिए। तर, कोरोना पोजिटिभ देखायो। एक सातायता मेरो सम्पर्कमा आउने व्यक्तिलाई परीक्षण गराउन तथा आइसोलेसनमा बस्न आग्रह गर्दछु।’

मुखर्जी २०१२–१७ सम्म भारतको १३ औं राष्ट्रपति निर्वाचित भएका थिए। उनलाई २०१९ मा भारतको सबैभन्दा ठूलो सम्मान भारत रत्नबाट विभूषित गरिएको थियो। 

पूर्वराष्ट्रपतिलाई भेट्न रक्षा मन्त्री राजनाथ सिंह सेनाको अस्पताल पुगेका थिए। उनले पूर्व राष्ट्रपतिको विषयमा जानकारी लिएका थिए। उनी २० मिनेट अस्पतालमा बसेका थिए। 

कांग्रेसका मुख्य प्रवक्ता रणदीप सुरजेवालाले मुखर्जीको स्वास्थ्य लाभको कामना गरेका छन्। 

कांग्रेसको आधिकारीक ट्वीटर ह्याण्डलमा भनिएको छ, ‘हामी पूर्व राष्ट्रपति छिट्टै कोरोनाबाट मुक्त हुन भन्ने कामना गर्छो।’

On a visit to the hospital for a separate procedure, I have tested positive for COVID19 today.
I request the people who came in contact with me in the last week, to please self isolate and get tested for COVID-19. #CitizenMukherjee

— Pranab Mukherjee (@CitiznMukherjee) August 10, 2020
प्रकाशित मिति: : 2020-08-11 06:58:00

प्रतिकृया दिनुहोस्